सुन भाउ आज पनि सामान्य घटेको छ । सुनको भाउ आज हिजोभन्दा दुई सय रुपैयाँ सस्तो भएकाे छ । सुनको भाउ आज तोलामा ९२ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज पनि स्थिर छ । दुई दिनयता चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।