नेपालमा पछिल्लो २४ घण्टामा चार हजार एक सय ५४ जनाको पीसीआर परीक्षण भएकोमा चार सय ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ६६ हजार एक सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा चार सय १४ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको कुल सङ्ख्या दुई लाख ५९ हजार सात सय ७२ पुगेको छ । थप पाँच जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय ३७ पुगेको छ । नेपालमा बुधबारसम्म चार हजार चार सय ३४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । त्यस्तै दुई सय ३७ जना क्वरेण्टीनमा रहेका छन् ।