हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहिबारदेखि नेपालमा पश्चिमी वायूको प्रभाव घट्दै गएपछि मौसम खुलेको छ । हाल प्रदेश १ को पहाडी भु-भागमा आंशिक बदलीको अवस्था रहेको छ र तराईका भु भागमा हुस्सु् र कुहिरो लागेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम अवस्थाः
पौष २४ गते
दिउँसोः प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । रातिः प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनि प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम आंशिक बदली रहनेछ ।
पौष २५ गते
दिउँसोः प्रदेश १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । रातिः प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू९भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष २६ गते
दिउँसोः प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । रातिः प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।