सुनको कारोबार हुने हप्ताको अन्तिम दिन आज तोलामा एक सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलामा ९५ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँ तोकिएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि घटबढ हुने गरेको छ । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।