file photo

शुक्रबार नेपालले ओमानविरुद्ध आफ्नो ५० औँ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेल खेल्ने भएको छ । एसीसी प्रिमियर कप अन्तर्गत शुक्रबार हुने नेपाल र ओमानबिचको खेल नेपालको ५० औँ ओडिआई खेल हुनेछ । सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ ओडिआई खेलेको छ ।
नेपालमा आयोजना भइरहेको एसीसी प्रिमियर कप प्रतियोगितामा एकै समूहमा रहेका नेपाल र ओमान ओडिआई मान्यता देश हुन् । त्यसैले यो खेल ओडिआई मान्यता प्राप्त हुनेछ ।
नेपालले आफ्नो पहिलो ओडिआई खेल २०१८ अगस्ट १ मा उसकै घरेलु मैदानमा नेदरल्यान्ड्ससँग खेलेको थियो । दुई खेलको सिरिजमा पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा भने रोमाञ्चक १ रनको जित हात पारेको थियो । नेपाल ४९ ओडिआई खेलमा २६ मा जित, २१ मा हार, एक मा बराबरी र एक खेलमा नतिजाविहीन छ । यसबीचमा नेपालले ७ देशसँग ओडिआई खेल खेलेको छ । नेपालले आफ्नो ४९ औँ ओडिआई खेल भने युएईको विरुद्धमा खेलेको थियो ।