मकवानपुरको राक्सिराङ दुर्गम गाउँपालिका हो । दुर्गम पालिका भए पनि निर्वाचित जनप्रतिनिधि आएपछि पालिकाले तुलनात्मक विकासको पथ समातेको छ । यसअघि बिकटता चिर्दै पालिका स्थानीयलाई स्थानीयस्तरमै सेवा पु¥याउन अहोरात्र लागेको छ । राक्सिराङ गाउँपालिकाले खरको छानामुक्त बस्ती अभियान सुरु गरेको छ । सरकारले खरको छानामुक्त सुरक्षित आवास कार्यक्रम ल्याएसँगै राक्सिराङ पालिकाले अभियान सुरु गरेको हो ।
संघीय सरकारको ८६ लाख ५० हजार, प्रदेश सरकारको २५ लाख र पालिकाको २५ लाख बजेटअन्तर्गत् खरको छानामुक्त अभियान थालिएको पालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । आर्थिक वर्ष २०७७÷०७८ मा १ सय ७३ घर छनौट गरी एक घर बराबर दुई किस्ता गरी ५० हजार बितरण गरिने अध्यक्ष मल्लले बताउनुभयो । संघीय सरकारले गाउँपालिकामा घरको लालपुर्जा भएकालाई मात्र रकम दिने भएको हुँदा गाउँपालिकाले ४० वर्षदेखि गाउँमा बसोवास गर्दै आएकाका लागि सिफारिस बञ्चित नगर्ने गरी दुई पुस्ता गइसकेकाहरु तर लालपुर्जा नभएकालाई पनि खरको छानामुक्त गराउन पालिकाले २५ लाख विनियोजन गरेको अध्यक्ष मल्लले बताएका छन् ।
पालिकाले पहिलो प्राथमिकता अपांग, एकल महिला र दोस्रो प्राथमिकतामा विपन्न वर्गलाई लक्षित गरेर बितरण गर्ने उनले बताए । पालिकाले खरको छाना बनाउने पहिलो किस्ता दिएर दोस्रो किस्ता दि“दा अनुगमन गरेर दिने जनाएको छ । पालिकाका वडा कार्यालयले खरको छाना भएका घरहरुको सिफारिस गरेर गाउँपालिका पूर्वाधार विकास छनौट समितिमा पठाउने र छनौट समितिले छनौट गरी बितरण गर्ने बताइएको छ । वडाका बस्तीहरु सिफारिसमा छुटे गुनासो समितिमा उजुरी गर्न पाउने पनि अध्यक्ष मल्लले बताउनुभयो । अध्यक्ष मल्लले गाउँपालिको १ नम्बर वडामा सबभन्दा धेरै चेपाङ समुदाय रहेको र खरको छाना भएको धेरै बस्ती भएको बताउनुभयो ।
गाउँपालिकाले प्रत्येक वडामा गएर अनुगमन गरेर सिफारिसमा नपरेका घरको आफैंले वडामा सिफारिस गरिदिने गरेको पालिका अध्यक्ष मल्लले बताउनुभएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा प्रत्येक घर छनौट गरेर बितरण गर्ने र आगामी आर्थिक वर्ष २०७८÷०७९ मा फेरि बजेट बिनियोजन गरी खरको छानामुक्त पालिका घोषित गर्ने जनाइएको छ । पालिकामा चेपाङको अधिक बसोबास छ । पालिकामा ९ वडामा बाँडिएको छ । टोल संख्या ७२ छन् । राक्सिराङमा ३० हजार ७ सय ६९ जनसंख्या छ, जसमा १५ हजार ८ सय ३ पुरुष र १४ हजार ९ सय ६६ महिला छन् । राक्सिराङसहित यो वर्ष संघीय सरकारको अनुदानमा जिल्लाको ८७३ घरलाई खरको छानो मुक्त गरिदैछ ।