मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार व्यवसाय सम्बर्धन केन्द्र सञ्चालन सम्बन्धी गोष्ठि सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा नव उद्यमीहरुलाई काम गर्ने ठाँउ, तालिम लगायत व्यवसाय प्रबर्धनमा सहयोग गरी सफल उद्यमी बन्न मद्धत पुग्ने उदश्यका साथ स्थापना गर्न लागिएको केन्द्रका बारेमा छलफल गर्न गोष्ठिको आयोजना गरिएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश निति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम कुमार बस्नेतको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी बस्नेतले व्यवसाय गर्न चाहनेहरुका लागि यस केन्द्रले सहयोग पु¥याउने बताउनुभयो । उहाँले नव उद्यमी तथा नयाँ सोँचका साथ व्यवसाय गर्न चाहनेहरु कहाँबाट सुरु गर्ने, कसरी काम गर्ने, भन्ने बारेमा अनविज्ञ हुने हुँँदा केन्द्रले त्यस्ता उद्यमीहरुका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नव उद्यमीका लागि ब्यबसाय सम्बर्धन केन्द्र संचालन गर्न आवश्यक रहेको बताउँदै जिल्ला समन्वय समितिले गर्न चाहेको कुरा निकै प्रभावकारी हुने समेत बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव मान बहादुर विकले कार्यक्रम निकै राम्रो भएको भन्दै यसको निरन्तरताका लागि सरकार, निजि क्षेत्र र सहकारीसमेतको सहभागितामा जोड दिनुभयो । उहाँले व्यवसाय सम्बर्धन केन्द्रले अलमलमा परेका युवाहरुलाई डो¥याउने काम गर्ने उहाँको भनाई थियो । प्रमुख सचिव विकले बदलिदो परिवेशमा हाम्रो सोँच पनि बदलिनुपर्ने भन्दै यस्ता खाले कार्यक्रमहरुले नव प्रबर्धन र नयाँ सोचको वकास हुने बताउनुभयो । उहाँले युवाहरुलाई उद्यमी बनाउन सोहि अनुसारको निती निर्माण हुनु पर्ने समेत बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश उधोग वन तथा बातवरण मन्त्रालयका सचिव सिन्धु प्रसाद ढुंगानाले कतिपय युवाहरु उद्यमी बन्न चाहेर पनि विभिन्न झन्झटका कारण व्यवसाय गर्न हिचकिचाउने गरेको भन्दै उधोग÷व्यवसाय दर्ता, कर्जा प्रवाह, बजारीकरण लगायत कुरामा नितीगत सुधारको आवश्यता रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले नेपालको संविधानले पनि समिद्ध नेपालको कल्पना गरेको भन्दै समिद्ध नेपाल आर्थिक समिद्धले मात्र सम्भव रहेको भन्दै यस्ता कार्यक्रमले आर्थिक समृद्धिको मार्ग प्रसस्त गर्न मद्धत पुग्ने बताउनुभयो । उहाँले उधोग व्यवसायको सम्बर्द्धन, प्रबर्धन ,नवप्रवर्द्धन, नयाँ सोचमा नेपाल पछि परेको भन्दै यसलाई सुधार गर्नु गर्ने बताउनुभयो । उहाँले तिनै तहका सरकार नवप्रबर्धन र त्यसको सम्बर्धन गर्दै आर्थिक विकासको निम्ती मिलेर अघि बढनु पर्ने बताउनुभयो ।
उक्त अवसरमा कार्यक्रमका सभाध्यक्ष जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले सरकारी निकाय तथा अन्य क्षेत्रबाट छुट्टा छुट्टै रुपमा प्रवाह हुने सेवा क्षमता विकास कार्यक्रम, पुँजी प्रवाह लगायतका क्रियाकलापले नवउद्यमीलाई उची वातवरण सृजना गर्न नसक्ने हुनाले एकै स्थानमा यस्तो सेवा प्रदान गरी नयाँ विचार र व्यवसायीक योजनालाई प्रबर्धनको वातवरण सुर्जना गर्ने उदेश्यले केन्द संचालन गर्न लागिएको बताउनुभयो । उहाँले नयाँ उद्यमीहरुलाई काम गर्ने ठाँउ, उत्पादन र बजारीकरण सम्ममा सहयोग गरेर सफल उद्यमी बन्न केन्द्रले सघाउ पु¥याउने बताउनुभयो । जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीले स्वागत गर्नुभएको कार्यक्रममा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरु, उद्योगी व्यवसायी, विभिन्न शैक्षिक प्रतिष्ठानका प्रमुखहरुलगायत सराृकारवालाको सहभागिता थियो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेलले केन्द्रले आधारभुत सेवा, सञ्जालीकरण, व्यवसाय प्रशासन सेवामा सहजीकरण, पुँजीमा पहुँच, परिक्षण सेवामा सहयोग, प्रमाणिकरण र सर्टिफिकेशन, मार्केटिङ, ब्राण्डिङ र बौद्धिक सम्पत्ति सृजनामा सहजिकरण लगायतका सेवाहरु प्रदान गर्ने बताउनुभयो । यस्तै ब्यवसाय सम्बर्धन केन्द्र संचालन, ब्यवसाय सम्बर्द्धन केन्द्रमा सरकारको भृुमिका र अनुभव, केन्द्रको प्रकृती, केन्द्रले उपलब्ध गराउने सुविधाहरु, यसको सफलता निजि क्षेत्र र सहकारीको सहभागिता लगायत विषयमा पुर्व सहसचिव विसुकुमार केसी, त्रिभुवन विद्यालयका प्रध्यापक रविन्द्र कुमार न्यौपाने, उद्योगसंघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेललगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।