एशियाली विकास बैंक ९एडीबी० ले नेपालमा जलविद्युतीय उर्जाको प्रसारण र वितरण प्रणालीलाई आधुनिकीकरण गर्न नेपाल सरकारलाई १८ अर्ब २५ करोड २० लाखको सहुलियतपूर्ण ऋण प्रदान गर्ने निर्णय गरेको छ । नेपालको जलवद्यिुत ग्रिड आधुनिकीकरण परियोजना मार्फत ग्रिडका सवस्टेशनहरुको देशभर आधुनिकीकरण, वितरण र प्रसारणलाई प्रणालीलाई विभिन्न क्षेत्रमा आधुनिकीकरण, काठमाडौं उपत्यकामा स्मार्ट मिटर जडान तथा नेपाल विद्युत प्राधिकरणको जडान क्षेत्रको क्षमता विकास जस्ता क्षेत्रमा रकम खर्च गरिने एशियाली विकास बैकले जनाएको छ ।
यो परियोयोजना मार्फत हुने सहयोगले नेपालको जलविद्युतको वितरणलाई दिगो र भरपर्दो बनाउन र कोरोना पछिको आर्थिक पुर्ननिर्माणमा नेपाललाई राम्रो स्थानमा पुर्याउन मद्धत गर्ने एशियाली विकास बैकका प्रमुख उर्जा विज्ञ जीवन आचार्यले बताउनु भयो । यो परियोजना मार्फत नेपालमा २ सय २० तथा १ सय ३२ किलो भोल्टका स्वचालित ग्रिड सवस्टेशन निर्माण, १ सय १३ किलोमिटर नयाँ प्रसारण लाईन निर्माण र हालको १ सय ४४ किलोमिटर प्रसारण लाईनको स्तरोन्नती गर्ने र काठमाडौं उपत्यकामा ३ लाख ५० हजार उपभोक्ताहरुकोमा स्र्माट मिटरको जडान तथा काठमाडौंमा जलविद्युत वितरण प्रणाली नियन्त्रण र निर्देशनसम्बन्धी एक केन्द्र निर्माण गरिने छ । साथै परियोजना मार्फत सुरक्षित र भरपर्दो जलविद्युतको उपयोग उपभोक्ताहरुले गर्नुपर्छ भन्ने बारेमा महिला तथा सेवाबाट वञ्चित रहेकाहरुबीच चेतना अभिवृद्धि कार्यक्रम पनि सञ्चालन गरिने छ ।
त्यसै गरी परियोजना मार्फत नेपाल विद्युत प्रधिकरणको संस्थागत विकास योजना निर्माण र कर्मचारीहरुलाई स्वचालित ग्रिड सवस्टेशनहरुको व्यवस्थापन क्षमतालाई सुदृढीकरण गरी प्राधिकरणको आर्थिक स्थायित्व संस्थागत वित्तिय रिपोटिङमा पनि सहयोग पुग्ने एशियाली विकास बैकले विज्ञप्ती मार्फत जनाएको छ ।