अखिल नेपाल फुटबल संघ एन्फाले महिला र पुरुष एक एक खेलाडीलाई एन्फा डे का अवसरमा दिने भनेको पुरस्कार हस्तान्तरण गरेको छ । एन्फाले यसअघि घोषणा गरेको पुरस्कार स्वरुप युवा खेलाडी अभिशेक रिजाललाई एक थान मोटरसाइकल तथा मञ्जली योञ्जनलाई स्कुटर हस्तान्तरण गरेको हो ।
गत वर्ष एन्फा डे को अवसरमा अभिशेक र मञ्जलीलाई पुरस्कार दिने घोषणा गरेको थियो । तर कोरोनाका कारण एन्फा डे हुन सकेको थिए । यस्तै उत्कृष्ट प्रशिक्षकको अवार्ड स्वरुप हरि खड्का र लाइफटाइम अचिभ्मेन्ट अवार्ड वापत भगिरथ आलले एक एक थान मोटरसाइकल प्राप्त गरेका छन । त्यस्तै रेफ्रीमा पनि पुरुष तर्फका उत्कृष्ट लव खत्री र महिलामा अस्मिता मानन्धरले पुरस्कार पाए । उनीहरुले पनि मोटरसाइकल र स्कुटल हात पारे ।