विश्वप्रसिद्ध अर्जेन्टिनी फुटबलका हस्ती भनेर चिनिने डिएगो म्याराडोनाको हिजोराती ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनी मिडिया क्लारिनले उनको मृत्युको कारण हृदयघात भएको जनाएको छ । मस्तिष्कमा रगत जमिएको देखिएपछि यसै महिनाको सुरुवातदेखि अस्पताल भर्ना भएका म्याराडोनाको दिमागी शल्यक्रिया पनि गरिएको थियो ।
१९८६ मा मेक्सिकोमा आयोजित फिफा विश्वकप अर्जेन्टिनालाई जिताउनमा म्याराडोनाको मुख्य भूमिका रहेको थियो । यसैकारणउनलाई धेरैले उनको खेलको प्रशंसा गर्दै विश्वकै सर्वोत्कृष्ट खेलाडी पनि भन्ने गर्दछन् । उनले सन् १९८७ र १९९० मा एक मध्यवर्ती नापोली टिमसँग दुईवटा सिरी ए उपाधी पनि जितेका थिए । सन् १९९७ मा फुटबलबाट सन्यास लिएका म्यारोडोनाले सन् २००८ देखि २०१० सम्म अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकको भूमिका पनि निर्वाह गरेका थिए । यो दुखद घटनाअघ गिम्नशिया देला प्लाटाका प्रशिक्षक थिए । उनको निधनले विश्वकै फुटबल प्रेमिहरुलाई स्तब्ध बनाएको छ। अर्जेन्टिनाले उनको निधनमा शोक मनाउन ३ दिन राष्ट्रिय विदाको समेत घोषणा गरेको छ ।