हेटौंडाः ३ नम्बर प्रदेशका प्रमुख सचिव आनन्दराज ढकालको सरुवा भएको छ । संघिय सरकारले प्रदेश ३ का प्रमुख सचिव ढकाल सहित सरकारका १६ सचिवको सरुवा गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकाललाई लोक सेवा आयोगमा सरुवा गरेको छ । सरकारले १६ सचिवको सरुवा र ४ जना सहसचिवलाई सचिवमा बढुवा गरेको हो । प्रदेश ३ मा एक वर्ष भन्दा बढी बस्नु भएका ढकालले यो अवधिमा धेरै राम्रा र महत्वपूर्ण कामहरु गर्नुभएको छ । प्रदेश ३ सरकार पूर्ण रुपमा नयाँ संरचना भएकाले पनि काम गर्नका लागि पहिले आउँदा समस्या भएपनि अहिले भने सहज बनाइएको ढकालले बताउनुभयो । प्रदेश ३ मा कानून निर्माणको कामलाई बढी प्राथमिकताका साथ गरिएको र अव आउनेलाई सहज रुपमा काम गर्ने वातावरण समेत तयार पारिएको ढकालले बताउनुभयो ।
ढकालको स्थानमा प्रमुख सचिबका रुपमा तोयम राय आउनु हुने भएको छ । अर्थ मन्त्रालयका सहसचिवका रुपमा काम गर्नु भएका राय निमित्त प्रमुख सचिबका रुपमा काम प्रदेश ३ मा आएर काम गर्ने हुनु भएको छ । राय सहसचिवबाट सचिवमा बढुवाको लाईनमा हुनुहुन्छ । अहिले भईरहेका सहसचिबमा सिनियर सहसचिबका रुपमा रायले काम गर्दै आउनुभएको छ ।