हेटौंडा– शेयर बजार परिसूचक नेप्से आइतबार साढे १२ अङ्कले बढेको छ । बैंकिङ समूहबाहेक सबै समूहको शेयर उकालो लागेपछि नेप्से १२ दशमलव ४९ अङ्कले बढेर १६ सय ४८ दशमलव ५८ विन्दुमा पुुगेको हो ।
आइतबार उत्पादन समूहको शेयर १ सय २२ अङ्कले, व्यापारको १ सय ५ अङ्कले, जीवन बीमाको ८६ र जलविद्युतको ३० अङ्कले बढेको छ । आइतबार एक सय ९८ कम्पनीका तीन अर्ब ५२ करोड ६७ लाख रुपैयाँ बराबरका एक करोड आठ लाख ६३ हजार कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
हिमालयन डिस्टिलरी उद्योग, साल्ट ट्रेडिङ कम्पनी, दिव्यश्वरी हाइड्रो, मिथिला लघुवित्त, युनिभर्सल पावर र सानिमा जनरल इन्स्योरेन्सका शेयरधनीले नौ प्रतिशत भन्दा धेरै कमाएका छन् । यद्यपि समग्र बजार बढे पनि नेपाल फाइनान्सका शेयरधनीले साढे ३ प्रतिशत भन्दा धेरै गुमाएका छन् ।