निशा गुरुङ/हेटौंडा
मकवानपुरको दक्षिण पुर्वी क्षेत्रमा अवस्थित बागमति गाउँपालिकाको २०७६ को जनगनणा अनुसार क्षेत्रफल ४६० वर्ग किलोमिटर र जनसंख्या ४६ हजार २ सय ४८ रहेको छ । पालिकामा ९६ दशमलव २ प्रतिशत साक्षरता रहेको छ । पालिकाका केन्द्र बकैया ३ हात्तिसुँडे, र वडा संख्या १२ वटा रहेको छ । पालिकाको पुर्वमा बागमती गाउँपालिका, पश्चिममा हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिका, उत्तरमा ललितपुर जिल्ला र भिमफेदी गाउँपालिका, दक्षिणमा रौतहट र बारा जिल्ला रहेको छ । गाउँपालिकाले भौगोलिक रुपमा विकट भएकोले आवश्यक पुर्वाधारको अवस्था कमजोर रहेको भएता पनि विकासको राम्रो सम्भावना बोकेको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा कार्यन्वयनका लागि पारित बजेट श्रोत अनुसार केन्द्रबाट ३६ करोड २८ लाख १६ हजार, प्रदेशबाट ४ करोड ७५ लाख २८ हजार, आन्तरिकबाट ७ करोड ४८ लाख, अन्यबाट १९ करोड ८६ लाख ७१ हजार मा खर्च प्रतिशत ७५.६२ हजार भएको बकैया गाउँपालिकाले जनाएको छ । आव २०७६÷०७७ मा खर्च श्रोत अनुसार चालुतर्फ ३७ करोड ७१ लाख १५ हजार मा खर्च रकम २ करोड १५ लाख ९ हजार, पुजिगततर्फ बजेट रकम ३० करोड ६७ लाखमा खर्च रकम १९ करोड ५५ लाख ९२ हजार, बेरुजु बजेट २०७५÷०७६ मा ५ करोड १२ लाख ६९ हजार रहेको गाउँपालिकाले बताएको छ ।
बकैया गाउँपालिकामा २०७६ ÷०७७ कृषि ÷पशु तर्फ १ करोड ४७ लाख ५३ हजार, शिक्षतर्फ १८ करोड २७ लाख ५३ हजार, स्वास्थ्यतर्फ ४ करोड ९१ लाख २ हजार, महिला विकासतर्फ १ करोड १२ लाख ९६ हजार, प्रदेश सशर्त तर्फ १ करोड २५ लाख ३५ हजार रहेको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताए । पालिकाको गत आर्थिक आव सम्मको योजना अनुसार सडक १ सय १८ ÷१८ किमि, खानेपानी २ सय ५ वटा, भवन ३७, सिँचाइ ५किलोमिटर ३२३ मिटर, विधुतीकरण वडा नम्बर २ र ११ का केही भाग बाहेक अन्य क्षेत्रमा विस्तार भएको, प्राथमिक स्वास्थ्य केन्द्र १ वटा, स्वास्थ्य चौकी ४, सामुदायिक स्वास्थ्य केन्द्र ३ वटा, उच्च माध्यमिक २, माध्यमिक ११, आधारभुत ९, प्राथमिक विकास ५५, वालविकास केन्द्र ६४, प्राविधिक धारको विद्यालय १, सामुदायिक सिकाई केन्द्र १ रहेको पालिकाले जनाएको छ ।
पालिकामा योजना तथा कार्यक्रमहरु आर्थिक विकासतर्फ बजेट ५ करोड ११ लाख २५ हजारमा खर्च रकम ३ करोड ३३ लाख ११ हजार , सामाजिक विकासत तर्फ बजेट रकम ४० करोड २२ लाख ९९ हजारमा खर्च रकम ३८ करोड २५ लाख १५ हजार , पुर्वाधार विकास तर्फ बजेट २६ करोड ३१ लख २७ हजारमा खर्च रकम १७ करोड १६ लाख २० हजार , विपद् व्यवस्थापनतर्फ बजेट रकम १ करोड ४९ लाख २० हजारमा १ करोड ४६ लाख ५८ हजार खर्च भएको पालिकाले जनाएको छ ।
पालिकामा न्यायीक समितिमा परेको मुद्धा संख्या ७ मेलमिलाप माध्यमबाट समाधान गरिएको मुद्धा संख्या ४ , मेमिलापको माध्यमबाट समाधान गर्न नसकि माथिल्लो निकायमा पठाइएको मुद्धा संख्या १ , छिनोफाना गर्न बाँकि रहेको मुद्धा संख्या १ गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताईन् । आव २०७६÷०७७ मा पालिकाहरु बट न्याय सम्पादनमा पालिकामा मेलमिलाप कर्ताको आधारभुत तालिम दिईएको बालेखेले जानकारी दिईन् ।
बकैया गाउँपालिकामा जेष्ठ नागरिक भत्ता प्राप्त गर्नेहरुको संख्या १५ सय ५०, एकल महिला भत्ता प्राप्त गर्नेहरुको संख्या ९ सय ३२, अति असक्त अपाङ्गता भत्ता गर्नेहरुको संख्या १ सय ४१, पुर्ण असक्त अपाङग भत्ता गर्नेहरुको संख्या ५५, बालपोषण प्राप्त गर्नेहरुको संख्या ७२, रहेको पालिकाले बताएको छ ।
पालिकाले विपद व्यवस्थानपनका लागि बढि चट्याङ् प्रभावित क्षेत्रमा अर्थिङ् टावरको निर्माण गरिएको, बाढि पहिरो रोकथाम र नियन्त्रणका लागि तारजालीको व्यवस्थापन, सम्भावित पिडितहरुको लागि राहत सामाग्रीको व्यवस्थापन, क्वारेन्टिनको व्यवस्था, आइसोलेसनको व्यवस्था, १० बेडको कोरोना अस्पताल निर्माण, आईसोलेसन वार्ड निर्माणको लागि आवश्यक सुरक्षा पुर्ण व्यवस्थापन गरएको पालिकाले जनाएको छ ।
गाउँपालिकाकाे प्रगति
बालमैत्री कार्यक्रम निरन्तर सञ्चालन गरी वालविवाह निरुत्साहन र बालश्रम नियन्त्रण लगाएतका बालमैत्री क्रियाकलापहरु भइरहेको, गाउँपालिका क्षेत्रमा ८ वटा बर्थिङ् सेन्टर रहेको, महिला स्वास्थ्य स्वयंसेविकाको संख्या ६० रहेको, औषधिको उचित व्यवस्था गरेको, नो होम डेलिभरीको लागि अग्रसर, वडा नम्बर ३ र १० अग्रणी, गाउँपालिका क्षेत्रका अल्पसंख्यक, पिछडिएको समुदाय, ग्रामिण महिला तथा विपन्न वर्गलाई विभिन्न सिप विकास सम्बन्धी प्रशिक्षण्मा प्राथमिकता, विभिन्न टोलविकास संस्थाहरु मार्फत सम्बन्धित टोल क्षेत्रमा सरसफाई गतिविधि सञ्चालन, विभिन्न चाडपर्व उचित तरिकाले मनाउनका लागि विभिन्न समुदायलाई प्रोत्साहन गरेको गाउँपालिकाले बताएको छ ।
गाउँपालिकाका अनुकरणीय कार्यहरु
ऐतिहासिक अम्बासगढी क्षेत्रको पहिचान र विकास , विपद व्यवस्थापनका लागि गाउँपालिकाको वडा नं. ८ र ९ क्षेत्रमा अर्थिङ् टावर निर्माण, स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि तथा सहकारी क्षेत्रको प्रवध्र्दन, परिचालन र विकास, त्रिवेणी पर्यटन पार्क, धनेश्वर पर्यटन पार्क र बकैया ठाकुर पर्यटन पार्कको विकास र विस्तार गरिएको पालिकाले बताएको छ ।
गाउँपालिकाका समस्याहरु
भौगोलिक बिकटता, छरिएको बस्ती , जननिर्वाचित प्रतिनिधी तथा कर्मचारीहरुलाई तालिम पर्याप्त नहुनु , कानुनहरु पर्याप्त नहुनु , भौतिक पुर्वाधारको कमीले सेवा प्रवाह गर्न वडा देखि गाउँपालिका कार्यलयसम्म समस्या भएको जनाएको छ ।