सन् २०२२ को डाइभर्सिटी भिसा डिभीका लागि आज रातिदेखि फारम खुल्दै छ । नेपाली समयअनुसार राति पौने १० बजेदेखि फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसको समयसीमा २०७७ कार्तिक २५ (नाेभेम्बर १०) सम्म तोकिएको छ । डीभीको आवेदन खुले पछि निःशुल्क आफैले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट  http://www.dvlottery.state. gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ । दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिनसमेत आग्रह गरेको छ ।