मकवानपुर– मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर दुईजनाको घटना स्थलमै र एक जानाको उपचारका क्रममा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा सुमाेका चालकसहित अन्य पाँच जना घाईते भएका छन् ।
हेटौंडाबाट काठमान्डौं तर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो मकवानपुरको भीमफेदी गाउँपालिका–६, सिमखोलामा दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना स्थलमै मृत्यु हुने दुबैजना पुरुष हुन र उनिहरुको पहिचान खुल्न बाँकी रहेको छ । यस्तै दुर्घटनामा गम्भीर घाईते झापा जिल्ला जोरपानी गाउँपालिका वडा नम्बर ७ की २५ वर्षकी देवी कुमारी गिरी उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता इन्द्र बहादुर रानाले बताउनुभयो ।
दुर्घटनामा सुमो चालक भीमफेदी गाउँपालिका वडा नम्बर ४ बस्ने विष्णु मगर, रौतहट जिल्ला रंगपुरका २९ वर्षका सुजन कुमार काफ्ले, हेटौंडा उपमहानगर वडा नम्बर ३ बसाामाडीकी ३० वर्षका शर्मिला थिङ, मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ का सोम बहादुर गुरुङ र अन्दाजी ५ वर्षका नाम नखुलेका एक बालक घाईते भएको प्रवक्ता रानाले बताउनुभयो । हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो उकालोमा टर्निङ नपुगेर व्याक गर्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरी प्रवक्ता रानाले बताउनुभएको छ ।