मकवानपुर– हेटौंडा उपमाहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको छ । हेटौंडा–१० स्थित प्रादेशिक कोरोना परिक्षण प्रयोशालाबाट प्राप्त रिपोर्टमा उहाँलाई संक्रमण देखिएको हो ।
बिहीबार स्वाब नमुना परिक्षणका लागि लगिएकोमा आज पोजेटिभ रिपोर्ट आएको उहाँले जानकारी दिनुभयो । सामान्य रुघा खोकि लागेर हिजो पिसिआर परिक्षणका लागि स्वाब दिनुभएका उहाँको रिपोर्ट पोजेटिभ देखिएको उहाँले जानकारी दिनुभयो । उहाँले अहिले होम आईसोलेसन मै बसिरहेको साथै स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभएको छ ।