मकवानपुर– नेपाल चिकित्सक संघ मकवानपुर शाखाको अध्यक्षतामा बालरोग विशेषज्ञ डा. हरि खड्का चयन हुनु भएको छ । मकवानपुरका सरकारी, निजि तथा प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुको आजको भेलाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक  समेत रहनुभएका बालरोग विशेषज्ञ डा. खड्काको अध्यक्षतामा १३ सदस्य प्रस्तावित तदर्थ समिति गठन गरेको हो ।

Image may contain: 6 people, people standing and indoor

भेलाले चिकित्सक संघ मकवानपुरको प्रथम उपाध्यक्षमा डा. रामचन्द्र सापकोटा, द्धितीय उपाध्यक्षमा डा. प्रमोद चौरासिया, सचिव डा. राजु सेढाई, सहसचिवमा डा.आरिफ करिम, कोषाध्यक्ष डा. सुजता पन्त, सह–कोषाध्यक्षमा डा. सुवास कुमार वनैतालाई निर्विरोध चयन गरेको छ । यस्तै सदस्यहरुमा डा. विकास थापा, डा.दोजेन्द्र बस्नेत, डा.प्रविण पाठक, डा. नेहा गुप्ता, डा. सुनिल शाह, डा.नगेन्द्र श्रीस रहनुभएको छ । नव गठित तदर्थ समितिको सल्लाहाकारमा प्रा.डा. विश्वराज जोशी, डा. सतिषकुमार देव, डा.प्रविण श्रेष्ठ, डा.रामविया चौरासिया र डा. विक्रम आदित्यकुमार शाह चयन हुनुभएको छ ।
बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सतिश देवको सभाध्यक्षमा भएकाे कायर्क्रममा प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीको प्रमुख आतिथ्यमा भएको हाे । कार्यक्रममा मकवानपुरका करीब ५० जना चिकित्सहरुको उपस्थिती रहेको थियो ।