हेटौंडाः रोटरी कल्ब अफ हेटौंडाले शनिबार २ सय बिरुवा रोपेको छ । कल्बले हेटौंडा अद्योगिकक्षेत्र भित्र कमाने गेटदेखि खानेपानी ट्याङ्की हुदै उद्योग संघ हेटौंडाकोे कार्यालयसम्म सडकको दायाँ–बायाँ २ सय तेजपत्ताको विरुवा रोपेको हो ।
क्लबले सामाजिक उत्तरदायित्व अन्तरगत बृक्षारोपण कार्यक्रम गरेको हो । क्लबका अध्यक्ष ईन्द्र नेपालको सभाध्यक्षतामा भएको बृक्षारोपण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो । बृक्षारोपण कार्यक्रमा बोल्दै उहाँले हेटौंडा उपमहानगरपालिकाले बृक्षारोपण र फुलै फुलको सहर बनाउने योजना बनाएको भन्दै त्यसमा क्लबले देखाएको सक्रियताको प्रशंसा गर्नुभयो । उहाँले उपमहानगरपालिकाले हेटौंडा शहरभित्र बृक्षारोपण गर्ने अभियानन संचालन गरेको भन्दै औद्योगिक क्षेत्रलगायत अन्य क्षेत्रमा पनि सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
वृक्षारोपण कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, सिद्धार्थ बैक लिमिटेडका शाखा प्रबन्धक अर्पण संजेललगायतले मन्तव्यव्यक्त गर्नुभएकोथियो । कार्यक्रममा कल्बका निवर्तमान अध्यक्ष लेख राज पोखरेलले स्वागत सहित कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नु भएको कार्यक्रम संचालन एवम् क्लबका सचिव रोटरीयन प्रमेश प्रधानले जानकारी दिनुभयो ।
रोटरीयन नवराज पुडासैनीको संयोजकत्वमा भएको वृक्षारोपण कार्यक्रमकालागि सिद्धार्थ बैक लिमिटेड, सि एस आई नेपाल र खजुरी नेपालले आर्थिक सहयोग तथा उद्योग संघ मकवानपुर र हेटौंडा अद्यौगिक क्षेत्र व्यवस्थापन कार्यालयले प्राविधिक सहयोग गरेको हो । कार्यक्रममा हेटौंडा–८ का वडा अध्यक्ष गोपाल बाहादुर श्रोष्ठ, शसस्त्र प्रहरी वलका २३ नम्बर गुल्मका गुल्मपति विनोद खतिवडा लयागतको सहभागिता रहेको थियो ।