मकवानपुर– मकवानपुरमा पुननिर्माण लाभग्राही सुचिमा परेर अनुदान सम्झौता गर्न नआएकाहरुको लगत कट्टा प्रकृया सुरु भएको छ । पुननिर्माण प्राधिकरण जिल्ला सहजिकरण समितिको बैठकले लाभग्रहीको सुचिमा पनि हालसम्म अनुदान सम्झौता नगरेकाहरुको लगत कट्टा गर्न सिफारीस गरेको हो ।

सहजीकरण समितिका संयोजक तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा आज बसेको बैठकले जिल्लाका ११ जनाको लगत कट्टा गर्न राष्ट्रिय पुननिर्माण प्राधिकररणमा सिफारीस गर्ने निर्णय गरेको हो । लाभग्राही सूचिमा सुचिकृत भएका तर हालसम्म पनि विभिन्न कारणले अनुदान सम्झौता नगरेका जिल्लाको बकैया गाउँपालिका–८ का ११ को लगयत कट्टा गरिदिन गाउँपालिकाबाट आएको सिफारीसको आधारमा भुकम्प पुननिर्माण प्राधिकरणमा सिफारीस गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै आजको बैठकले आजसम्म आएका भुमिहीन लाभग्राहीहरुलाई साविककै स्थानमा घर पुननिर्माण गर्न स्वीकृतको लागि जिल्ला समन्वय समितिमा सिफारीस गर्ने निर्णय गरेको छ । जिल्लामा हालसम्म पटक पटक गरि करीब ५ हजार ७ सय बढी त्यस्ता लाभग्राहीहरुको साविककै स्थानमा घर पुननिर्माण गर्न सिफारीस गरेको छ । बैठकमा सहजीकरण समितिका संयोजक खुलालले अब अन्तिम पटकका लागि आज सिफारीस गरिएको जानकारी दिनुभयो । भुमिहीन लाभग्रहीहरुको अनुदान सम्झौता गर्ने अन्तिम मिति आजसम्मको थियो । बैठकमा जिल्ला समन्व्य समितिकी उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिलला अधिकारी दिपकराज नेपाललगायत सहजीकरण सहितिका सदस्यहरुको उपस्थिती थियो ।