मकवानपुर– मकवानपुरमा सोमबार आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलन गरिएको स्वाबको परिक्षणमा मकवानपुरका १५ जनामा कोरोना पुष्टि भएको हो । योसंगै आज मात्रै मकवानपुरका ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आजै हेटाैंडा–१० स्थित कीटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका ५६ जनामा कोरोना पुष्टि भएको थियो ।
चितवन मेडिकल कलेजबाट सोमबार साँझ प्राप्त रिर्पोट अनुसार हेटौँडा उपमहानगरपालिकाका १३ जना पुरुष र १ जना महिला तथा मनहरी गाउँपालिकाका १ पुरुष गरी १५ जनामा कोरोना पुष्टि भएको केन्द्रका डाक्टर नविन कुमार चौधरीले जानकारी दिनुभयो । कोरोना पुष्टि हुनेमा हेटौँडा ३ का २८ र ६३ वर्षीय २ जना पुरुष, हेटौँडा ५ का २६,३३ र ४८ वर्षीय ३ पुरूष, हेटौँडा ८ का २४,२८,३१,३२,३३ र ३४ वर्षीय ६ पुरुष, हेटौँडा ९ का २८, २८ वर्षीय २ पुरुष, हेटौँडा १४ की ३२ वर्षीया एक महिला र मनहरी ९ का ३७ वर्षीय एक पुरूष रहेका छन् । भने, हेटाैंडा–१० स्थित कीटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाका ५१ जना, थाहा नगरपालिकाका एक जना, चितवनको राप्ती नगरपालिकाका १ जना र रौतहटका ३ जना गरि ५६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।