मकवानपुर– मकवानपुरमा मंगलबार बिहानै १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसंधान तथा तालिम केन्द्र, प्रादेशिक प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार मकवानपुरको हेटौंडा उपमहानगरक्षेत्रका १५ जना र मनहरी गाउँपालिकाका १ जनासहित १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
सोमबार संकलित १२८ स्वाब मध्ये ५७ जनाको परिक्षण गर्दा ९ महिला र ७ पुरुष गरि १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो । आज बिहान प्राप्त प्रयोगशाला परीक्षण रिपोर्टअनुसार हेटौंडा–४ का एक महिने बालकदेखि हिजो बिहान मृत्यु भएका मनहरी–८ सिम्पानीका ६८ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै आज हेटौंडा–१ का २० र ५७ वर्षिय दुई महिला, हेटौंडा–५ का ४१, ५२, १६ र ४० वर्षिया महिला र ५८ र ५६ वर्षिया दुइजना पुरुष, हेटौंडा–९ का ३० वर्षिया महिला, हेटौंडा–११ का ३४ वर्षिया महिला र ५७ र ८ वर्षिय पुरुष र हेटौंडा–१७ का २३ वर्षिया महिलामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।
