हेटाैंडा– नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल संख्या दुई सय ७१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले चार जना महिला र १० जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा चितवनकी ३५ बर्षीया महिला, काठमाडौँकी ८२, ६७, २२ बर्षीया महिलाको मृत्यु भएको हो भने सप्तरीका ५५ बर्षीय दुई जना पुरुष, धनुषाका ६५ बर्षीय पुरुष, कास्कीका ३१ बर्षीय पुरुष, नवलपरासीका ३७ बर्षीय पुरुष, प्युठानका ५८ बर्षीय पुरुष,  रुपन्देहीका ७८ बर्षीय पुरुष , पाल्पा ६३ बर्षीय पुरुष र सुर्खेतका ४२ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो ।