मकवानपुर– मकवानपुरमा शुक्रबार करेन्ट लागेर एक युवककाे मृत्यु भएकाे छ । घरको पङ्खा चलाउन तार जोड्ने क्रममा करेन्ट लागेर मकवानपुरकाे मनहरि गाउँपालिकाका २४ वर्षीय युवकको आज बिहान मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि– ६ स्थित आफ्नो घरमा करेन्ट लागेर ओमकुमार मोक्तानको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी टोली त्यहाँ पुगेको र शव परीक्षण गर्न हेटौँडा अस्पताल पठाएको जनाइएको छ ।