मकवानपुर– मकवानपुरमा हुक्रबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार हेटौंडा स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा ९ जना पुरुष र १० जना महिला गरि १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो । आज संक्रमण पुष्टि भएका सबै हेटौंडा उपमहानगरकाका विभिन्न वडाका रहेको उहाँले बताउनुभयो । यस्तै आज पुनः परिक्षणमा १० जनामा पनि पोजेटिभ देखिएको छ भने १० जनाको नेगेटिभ आएको चौलागाईले बताउनुभयो ।
यसैबिच कारोना संक्रमणको कारण आज हेटौंडामा थप एक महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की ५२ वर्षीया महिलाको मृत्यु भएको हो । निमोनिया भएर भदौ १० गते अस्पताल भर्ना भएकी उनमा ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी प्लाज्मा थेरापीबाट चितवनमा उपचाररत रहेकी थिइन् । अस्पतालको आईसीयूमा उपचारको क्रममा उनको शुक्रबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । यो संगै मकवानपुरका कोरोनाको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । मृत्यु हुने सबै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।