मकवानपुर– मदन भण्डारी फाउण्डेसन मकवानपुरद्धारा बागमती प्रदेशकाे राजधानी हेटाैंडामा सञ्चालित खाद्य अदान प्रदान कार्यक्रम अन्तरगत मंगलबार ५३ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । फाउण्डेसनले “हुनेले दिएर जाँउ, नहुनेले लिएर जाँउ” भन्ने अभियान अन्तरगत मंगलबार ५३ जनालाई सहयोग उपलब्ध गराईएको हो ।
फाउण्डेशनले कोरोना माहामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजिवी तथा विपन्न परिवारलाई लक्षित गरेर अभियान सञ्चालन गरेको हो । सोमबारबाट सुरु भएको अभियान अन्तरग पहिलो दिन हिजो २५ जनालाई सहयोग उपलब्ध गराएको थियो । फाउण्डेशनले हेटौंडाको अटोल्याण्ड चोकमा बिहान ७ बजे बढीमा ५० जनालाई सहयोग गर्ने लक्ष्य लिएर निःशुल्क खाद्यान्न सहयोग अभियान संचालन गरेको हो । खाद्यान्न सहयोग अभियान अन्तरगत चामल, दाल नुन, तेललगायतका खाद्य सामग्री सहयोग गर्ने गरिएको छ । त्यस्तै आज विभिन्न दाताहरुबाट खाद्यन्न सहयोगहरु आएको समेत फाउण्डेशनका सचिव आशाकाजी श्रेष्ठले बताउनुभयो ।