सांकेतिक तस्विर

हेटौंडा– कोरोना भाइरस सङ्क्रमणबाट मकवानपुरमा थप एक महिलाको ज्यान गएको छ । मिर्गौला रोगले पीडित समेत रहनुभएकी मकवानपुरकाे हेटौंडा–५, सानोपोखराकी ४७ वर्षीया एक महिलाको चितवनमेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
उहाँ मृगौला सम्बन्धी रोगले पीडित हुनुहुन्थ्यो । उहाँ मृगौला उपचारको लागि साउन २६ गते चितवन मेडिकल कलेजमा भर्ना हुनु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले बताउनुभयो । महिलाको कोरोना टेष्टको लागि भदौ ७ गते पठाईएको र भदौ ८ गते उनको कोरोना पुष्टि भएको थियो । यससँगै मकवानपुरमा कोरोना भाइरस सङक्रमित भई मृत्यु हुनेको सङख्या ५ पुगेको छ । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १ मा एकजना पुरुष, वडा नम्बर ४ मा एकजना पुरुष, वडा नम्बर ५ मा एकजना महिला र वडा नम्बर १९ मा दुईजना महिलाको मृत्यु भएको र उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्राेत