मकवानपुर– बागमती प्रदेश सरकारले विभिन्न चार जिल्लामा प्रयोगशाला निर्माण गर्न टेण्डर आव्हान गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले हेटौँडा त्रिशुली, सिन्धुली र भक्तपुरमा दैनिक ९ सय जनाको नमूना परिक्षण गर्न सकीने प्रयोगशाला निर्माणका लागि मंगलबार गोरखापत्रमा सार्वजनिक सूचना निकालेको हो ।
हाल हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा अधिकत्तम दैनिक ९६ नमूना परिक्षण गर्न सक्ने क्षमता रहेको थियो । प्रादेशीक प्रयोगशाला हेटौंडामा २ नम्बर प्रदेशका केही जिल्ला सहीत मकवानपुरको नमूनाको चाप बढेसंगै नतिजा प्राप्त हुन ढिलाई भएको छ । समयमै नतिजा नआउने समस्याले हेटौंडामा संक्रमण छिट्टै फैलीएको जनगुनासो बढेका बेला प्रदेश सरकारले हेटौंडा सहीत ४ जिल्लामा प्रयोगशाला बिस्तार गर्ने योजना बनाएको हो । योजना अनुसार नै टेण्डर आब्हान भईसकेको मुख्यमन्त्रीका स्वकीय सचीब अनुप पौडेलले बताउनुभयो । दुईहप्ता भीत्रै प्रयोगशाला निर्माणको काम सुरु हुने पौडेलले बताउनुभयो । यस अघि प्रदेश सरकारकै लगानीमा धुलिखेलमा समेत प्रादेशिक ल्याब सञ्चालन भईसकेको छ ।