हेटौंडाः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका चार जिल्लामा कोरोना सङक्रमितको संख्या शून्य रहेको बताउनुभएको छ ।

आज नियमित पत्रकार सम्मेलनमा डा. गौतमले संखुवासभा, मनाङ, मुस्ताङ र डोल्पा जिल्लामा एकजना पनि सङक्रमित नरहेको जानकारी गराउनुभएको छ । पछिल्लो २४ घण्टामा नेपालमा पाँच सय ९४ जना सङक्रमित थपिएको जानकारी दिनुहुँदै डा. गौतमले दुई सय ४० जना कोरोना सङक्रमणमुक्त भएको जानकारी दिनुभएको छ ।