हेटौंडा– हेटौंडामा आज ४ जनामा कोरोना पुष्टि भएको छ । ३ जना महिला र १ जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।

आज हेटौंडा–१० का ३२ वर्षीया एक महिला, हेटौंडा–५ का २८ वर्षीय एक पुरुष, ३१ वर्षीया एक महिला र हेटौंडा–६ का ४९ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको हो ।