नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्जकाे गण्डक अस्पतालमा रहेको गण्डक कोभिड अस्थायी अस्पतालमा उपचाररत ६८ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको र पीसीआर परीक्षणमा रिपाेर्ट पाेजेटिभ आएकाे डाक्टर निरज सिंहले जानकारी दिनुभयो ।
उहाँको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाइएको अस्पताले जनाएको छ । पर्सामा अहिलेसम्म एक भारतीयसहित आठ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेकाे सङ्ख्या ५० पुगेको छ ।
उज्यालाे नेटवर्क











