हेटाैंडा– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा अहिलेसम्म समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएको प्रमाणित नभएको बताएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले भाइरसको फैलावटको वर्गीकरणअनुसार विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई ठाउँ विशेषमा कोरोना केस भएको सूचीमा राखेको बताउनुभयो ।

यसबारेमा पालिकाहरुले थप खोज अनुसन्धानको काम गरिरहेकाे पनि उहाँले बताउनुभयो । तर प्रवक्ता गौतमले नेपालमा कोरोनाको जोखिम भने कायमै रहेको बताउनुभएको छ । उहाँले अहिले लकडाउन खुलेसँगै चहलपहल बढेको भए पनि हाम्रो जीवनशैली सामान्य हुने अवस्था नआइसकेकाे बताउनुभयो । कोरोना भाइरसकाे सङ्क्रमण थप फैलिन नदिन सबैले सतर्कता अपनाउनु पर्ने र कोरोनासँग मिल्ने कुनै लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जान पनि उहाँले आग्रह गर्नुभयो ।