हेटौंडा : केही दिन अघि बढुवा भएका सचिव मान बहादुर विकलाई बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा हुनुभएकाे छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ३ सचिवको सरुवा र नयाँ २ सचिवको पदस्थापन गरेको हो ।
बैठकले गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, बागमती प्रदेशका प्रमुख सचिव तोयम रायलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ । त्यसै गरी युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई शिक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको छ । त्यस्तै केही दिन अघि बढुवा गरेका विष्णु नेपाललाई गण्डकी प्रदेशको प्रमुख सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । बिक मकवानपुर पुर्व प्रमुख जिल्ला अधिकारी समेत हुन ।











