हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिकाका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित प्रादेशिक प्रयोगशालामा स्वाब परिक्षणका क्रममा तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मनहरीको रमनटार स्थित क्वारेन्टाइनमा रहेका १३ जना मध्ये ३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको हेटौंडा–४ कर्रा स्थित आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो । हिजो लिएको स्वाब संकलन गरिएकोमा आजै संक्रमण पुष्टि भएको उहाँले वताउनुभयो । मनहरि गाउँपालिकाका वडा नम्बर ३,६,७ का २९, ३३ र ४२ बर्षका पुरुषहरुमा कोरोना देखिएको हो । वैदेशिक राेजगारीबाट आएका उनिहरू ८ दिन अघि नेपाल आएका हुन । आजै उनिहरुलाई कर्रा आईसोलेसन वार्डमा ल्याइएको छ ।











