फाइल तस्विर

हेटौंडा– शुक्रबार मकवानपुरका एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । निमियत ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मकवानपुरका एक जनामा काेराेना पुष्टि भएकाे जानकारी दिनुभयाे ।

गाैतमका अनुसार त्रिवि शिक्षण अस्पताल काठमाडौंस्थित प्रयोगशालामा भएको परीक्षणमा मकवानपुरका एकजनामा कोरोना संक्रमण पुष्टी भएको हाे । तर, उहाँले संक्रमित महिला वा पुरुष भने खुलाउनुभएन । उहाँले नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय १८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयाे । थप एक सय १८ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १६ हजार पाँच सय ३१ पुगेकाे डा. गाैतमले जानकारी दिनुभयाे ।