मकवानपुर– नेपाल प्रहरीले हेटौंडाबाट करिब दुई केजी लागु औषध अफिमसहित एक जनालाइ पक्राउ गरेकाे छ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरो काेटेश्वरबाट खटिएकाे प्रहरी टाेलीले हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङबाट १ किलो ९५० ग्राम अफिम सहित एक जनालाइ पक्राउ गरेकाे हाे ।

प्रहरीले अफिमसहित राक्सिराङ गाउँपालिका-३ देविटारका ३५ वर्षीय पदमबहादुर थिङलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । पक्राउ परेका थिङ माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयाे ।