मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरुले प्रदर्शन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीको पार्टीभित्रबाटै राजीनामा मागिएपछि देशका विभिन्न ठाउँमा प्रदर्शन हुँदै आएको छ । यसै क्रममा सोमबार स्थिर सरकारको माग गर्दै मकवानपुरका युुवाहरु सडकमा निस्किएका हुन् ।

युवा तथा विद्यार्थीहरुद्धारा प्रदेश राजधानी हेटौंडाको बुद्धचोकमा गरिएको प्रर्दशनमा ठूलो संख्यामा युवाहरुको सहभागिता रहेको थियो । पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिमा उठिरहेको बेला प्रधानमन्त्री ओलीको समर्थनमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै प्रदर्शन गरेका थिए । बुद्धचोकबाट निस्किएको ¥याली बजार परिक्रममा गरी पुन बुद्ध चोकमा आएर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागि युवाहरुले केपी ओलीलाई काम गर्न दिनुपर्ने र पार्टी फुटाउन नहुने माग सहित खबरदारी गरेका छन् ।

प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शनमा उत्रिएका युवाहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘हाम्रो मत स्थायी सरकारलाई हो, विदेशी दलाल होसियार’ ‘ओली सिध्याउन किन यत्रो जोड, भारतीय विस्तारबाद नेपाल छोड’ उत्खनन् गर्नु छ कैयौं खानी, फिर्ता गर्नुछ हाम्रो कालापानी’ लगायत नारा लेखिएको प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए । ¥यालीमा सहभागी युवा संघ मकवानपुरका संयोजक सन्तोष चौलागाईले पाँच वर्षका लागि जनताले म्याण्डेड दिएर बनेको सरकारलाई बीचमा नै ढलाएर अस्थीरता सिर्जना गर्न खोजिएको भन्दै यसले देशलाई थप द्वन्द्वमा लैजाने बताउनुभयो । देश कोरोना महामारीको संक्रमणविरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने युवाहरुको भनाई थियो । सो क्रममा ¥यालीमा सहभागीहरुलाई मास्क र ग्लोभ्स पनि वितरण गरिएकाे थियाे ।