मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा आयुर्वेद तथा प्राकृतिक चिकित्सा सम्बन्धी दुई दिने कार्यशाला गोष्टी बुधबारबाट सुरु भएको छ । प्रदेश नीति तथा योजना आयोगको आयोजना तथा श्रृतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानको समन्वयमा कार्यक्रम भएको हो ।
प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले आयुर्वेद प्रतिको हाम्रो मनस्थितीमा परिवैतन ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई धर्मको नभई विज्ञानका रुपमा लिनुपर्ने बताउनुभयो ।
भोलीसम्म संचालन हुने कार्यक्रममा आयुर्वेदिक तथा चिकित्साको आवश्यक्ता एवम् अहिलेको गति र गन्तव्यका विषयमा छलफल हुने छ । विषेशगरि आयुर्वेदलाई व्यवस्थित कसरी गर्ने एवम् नेपालमै पाईने जडिबुटीको प्रयोग र उत्पादनलाई आय आर्जनसंग कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल हुने बताईएको छ । गोष्टीमा आज पहिलो दिन पुर्वीय दर्शनमा आयुर्वेद, विकास विश्वास र अभ्यासका विषयमा डाक्टर श्रृषिराम कोराईराला, वैकल्पिक चिकित्सा नीति संचालन र समस्याका विषयमा डाक्टर बास्देव उपाध्याय र जडिबुटी अध्यन अनुसंधान र नेपालको अवस्थाका विषयमा डाक्टर प्रदिप ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्नुभएको छ । त्यस्तै भोली प्राकृतिक चिकित्सा आजको आवश्यक्ताका विषयमा डाक्टर हेमराज कोईरालाले कार्यपत्र प्रस्तुत गर्नुका सार्थ कार्यपत्रमा टिप्पणी समेत हुने बताईएको छ ।
उद्घाटन कार्यक्रममा प्रदेश सार्वजर्नीक लेखा समितिका सभापति न्ह्युछे नारायण श्रेष्ठ, मुख्यमन्त्रीका राजनैतिक सल्लाहाकार जे एन थपलिया, नीति तथा योजना आयोगका सदस्यहरु रामचन्द्र ढकाल, यमुना कँडेल खनाल, जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरु, श्रृतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानका अध्यक्ष एवम् सदस्यहरुलगायत विभिन्न सरोकारवालाहरुको सहभागिता थियो । कार्यशाला भोलीसम्म सञ्चालन हुने छ ।