सांकेतिक तस्विर

हेटाैंडा– नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ । दाङमा अचेत अवस्था भेटिएकी एक महिलाको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलामा कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।