हेटौँडा–  हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७-०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँ बिनियोजन गरेको छ । आज भएको सातौ नगरसभामा उपमेयर मिनाकुमारी लामाले नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएकाे हाे । बजेटमा आन्तरिक श्रोतबाट २० करोड १४ लाख ७९ हजार रुपैयाँ, राजश्व बाडफाड बाट ५५ करोड ३ लाख, ४४ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट ८ करोड ३५ लाख,९८ हजार तथा सङ्घिय सरकारको अनुदान ९८ करोड, ९९ लाख तथा असार मसान्तसम्म खर्च नभइ बचत भएको २६ करोड १३ लाख ११ हजार रुपैयाँ प्राप्त हुने जनाइएकाे छ ।