विश्वका हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको जानकी मंन्दिरमा कोरोना भाईरसवाट जोगिनका लागि पर्याप्त सुरक्षा सतर्कता नअपनाई खुल्ला गरेको समाचार आएपछि स्थानीय प्रशासनले पुनः मूल ढोका बन्द गर्न लगाएको छ । मंन्दिर खोल्दा प्रवेश विन्दुमा नै सावुन पानी सहित हात धुने व्यवस्था, सेनिटाईजर, मास्क तथा निश्चित दूरीको व्यवस्थापन नगरि खुल्ला गरेको समाचार आएपछि जिल्ला संकट व्यवस्थापन समिति धनुषाले पुन बन्द गराएको हाे ।

यस अघि नै मंन्दिर, मस्जिद, सैलुन, सभा गोष्ठी सहितको भिडभाड हुने स्थलहरु खुल्ला नगर्ने निर्णय गरेपनि मंन्दिर वर परको स्थानीय व्यक्तिको दवावमा खुल्ला गर्ने काम भएका थिए । खास गरेर मंन्दिरका कारणले व्यापार व्यवसाय चलाउनेहरुले दवाव दिएको तर कोभिडवाट जोगिन सुरक्षा सतर्कताको तयारी कुनै पनि पक्षवाट नभएको आसयको सूचना प्रकाशमा आएका थिए । मंन्दिर खुल्ला भएपछि मंन्दिर क्षेत्रमा क्रमशः भिडभाड हुने र कोरोनाको संक्रमण समुदायमा नै फैलिने भएका कारणले बन्द गरिईएको छ । मंन्दिर खुल्ला हुदा मंन्दिरमा आउने भक्तको सम्पर्कमा आउने पण्डित तथा पूँजारी र अन्य कामदारहरुमा सुरक्षा जोखिम बढी रहेका थिए । मंन्दिरको मूल ढोका बन्द भए पनि सदा झै पूँजा पाठ निरन्तर रुपमा जारी नै रहने जानकी मंन्दिर व्यवस्थापनले जनाएको छ । ८१ दिन पछि स्थानीयले बजार खुल्ला भएको भन्दै मंन्दिर खोल्न लगाएका थिए ।