मकवानपुर– मनहरी गाउँपालिकाले वडाध्यक्षको असामयिक निधनप्रति शुक्रबार (आज) गाउँपालिकामा शोक बिदा दिएको छ । मनहरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मानबहादुर स्याङ्तानको निधन प्रति गाउँपालिकाले शाेक विदाकाे घाेषणा गरेकाे हाे ।
शुक्रबार बसेको कार्यपालिकाको आकस्मिक बैठकले श्रद्धाञ्जली शसभाको आयोजना गर्दै गाउँपालिका भित्रका सम्पुर्ण कार्यालयहरूका सेवा बन्द गर्ने निर्णय गरेको हाे । वडाध्यक्ष स्याङ्तानको बिहिबार साझँ उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको थियो । ५५ बर्षीय वडाध्यक्ष स्याङ्तान कलेजाेकाे क्यान्सरबात ग्रसित हुनुहुन्थ्याे ।












