मकवानपुर– जिल्ला समन्व्य समिति (जिसस) मकवानपुरद्धारा शुक्रबार जिल्लाको भीमफेदी गाउँपालिकामा अनुगमन गरिएको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका गतिविधि, योजनाहरुको अवस्था, विकास निर्माण, सामाजिक, आर्थिक, प्रशासनिक क्षेत्रको प्रगतिलागायत स्थानीय तहमा आईपरेका समस्याहरुका विषयमा जानकारी लिनुका साथै समाधानका विषयमा छलफल गरिएको थियो ।

छलफलका क्रममा जिसस प्रमुख खुलालले स्थानिय तहहरुले राजस्व बृद्धि गर्ने तर्फ ध्यान दिन सुझाव दिनुभयो । उहाँले स्थानिय तहहरुले समाजको चिन्तनलाई परिस्कृत गर्दै सामाजिक क्षेत्रलाई व्यवस्थित गर्न साथै आफ्नो राजस्व बृद्धिका विषयमा ध्यान पु¥याउनु पर्ने बताउनुभयो । राज्यको नयाँ संरचना अनुसार स्थानिय तहहरु एउटा ट्रयाकमा अगाडी बढेको अवस्थामा कोरोना माहामारीका कारण ब्रेक लागेको भन्दै सोहि अनुसारको अवधारण बनाएर अगाडी बढ्न उहाँले सबै स्थानीय तहहरुलाई सुझाव दिनुभयो । कोभिड–१९ का सन्दर्भमा मकवानपुरका स्थानीय तहहरुले गरेका काम प्रशंसनीय रहेको भन्दै उहँँले माहामारीको समस्यालाई सहज बनाउने तर्फ केन्द्रित भएर काम गर्न सुझाव दिनुभयो ।

छलफलमा गाउँपालिका अध्यक्ष, हिदम लामा, उपाध्यक्ष पाबर्ती राना, प्रमुख प्रशासकिय अधिकृत जीवन कुँबरलगायत विषयगत शाखाका कर्मचारीहरुले गाउँपालिकाको प्रगति एवम् समस्यालगायतका विषयमा जानकारी दिनुभएको थियो । सो क्रममा गाउँपालिका अध्यक्ष हिदम लामाले अझै पनि कर्मचारु अभावकै कारण काम गर्न समस्या रहेको , प्रदेश सरकारद्धारा संचालित योजनाहरुमा समन्व्य नहुँदा समस्या भएकोलगायत समस्याका बारेमा जानकारी दिनुभयो । अध्यक्ष लामाले चालु आर्थिक वर्षमा गाउँपालिकामा काठका पोल विस्तापित गर्न सफल भएको, पालिकाभरी विद्युत्तीकरण गर्न सफल भएको, गाउँका उत्पादनलाई बजार सम्म सहज पु¥याउन सडक संजाल संग जोडिएको, जनतालाई निशुल्क सेवा प्रवाहलाई जोड दिएको बताउनुभयो । उहाँले स्थानीय तहहरु कानुन निर्माणमा अभ्यासकै क्रममा रहेकोले केहि समस्या देखिएको बताउँदै भौतिक मात्र नभई आर्थिक सामाजिक क्षेत्रमा पनि उत्तिकै काम गरेको बताउनुभयो ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा केन्द्रबाट प्राप्त बजेट मध्ये ८४ दशमलव ७९ प्रतिशत, प्रदेशबाट प्राप्त मध्ये ६७ दशमलव ६३ र आन्तरिक तर्फको ६३ प्रतिशत खर्च भएको जानकारी दिइएको छ । कुल बजेटको चालु तर्फ ७३ दशमलव ७९ र पुँजीगत तर्फ ३८ दशमलव ९७ प्रतिशत खर्च भएको तथा ७१ द्यशमलव ४० प्रतिशत बेरुजु फछ्यौट गर्न सफल भएको जानकारी दिईएको थियो । अनुगमनमा जिल्ला समन्व्य समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, समन्व्य अधिकारी आनन्दराज पोखरेल, शाखा अधिकृत भीमलाल महर्जन, नायब सुब्बा उपेन्द्रनाथ पोखरेल सहभागि हुनुहुन्थयो भने पालिकाका तर्फबाट अध्यक्ष÷उपाध्यक्षलगायत प्रमुख प्रसासकिय अधिकृत एवम् विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता थियो ।