मकवानपुर– मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा धारिलो हतियार प्रहार गरेर गएराती एक बृद्धाको हत्या भएको छ । मकवानपुरगढी–१ फुलबारीका ७२ बर्षीया कान्छीमाया भोम्जनको धारिलो हतियार प्रहार गरेर हत्या भएको प्रहरीले जनाएकाे छ ।
टाउकोमा धारिलो हतियार प्रयोग भएको उनको शव घरमै रहेको छ । हत्या कसले र के कारण गर्यो खुलेको छैन । घटनाको जानकारी पाए लगत्तै प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाको टोली पुगेको छ । प्रहरी टोलीले अनुसन्धान अघि बढाएको उहाँले बताउनुभयो । घटनामा संलग्न भएको आशंकामा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।











