फाइल फाेटाे

मकवानपुर– मकवानपुरमा स्थानीय तहको सिफारीसमा तत्काल घर निर्माण गर्नु पर्नेहरुकालाई निर्माण सामग्री खरिद गर्न दिईने भएको छ । मंगलबार बसेको कमाण्ड पोष्टको बैठकले तत्काल घर निर्माण गर्नुपर्नेहरुको हकमा सम्बन्धीत स्थानीय तहको सिफारीसमा मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा खरिद गर्न पाउने निर्णय गरेको हो ।

मंगलबार जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको बिशेष उपस्थितीमा बसेको कमाण्ड पोष्ट बैठकले जिल्लामा विपद अर्थात हालैको हावाहुरीबाट प्रभावित व्यक्ति÷परिवारलाई तत्काल घर निर्माण गर्नका लागि आवश्यक पर्ने जस्तापाता तथा निर्माण सामग्री खरिद गर्न दिने निर्णय गरेको हो । बैठकले त्यस्ता निर्माण सामग्री उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहबको सिफारीसमा मकवानपुर उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय मकवानपुरसंग समन्वय गरेर सम्बन्धित पसलहरुबाट बेचबिखनको व्यवस्था मिलाउने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले नेपाल सरकारले तोकेको स्वास्थ्य लगायत अन्य मापदण्डहरु अनिवार्य पुरा गर्ने गरि जिल्ला भित्र कृषि उपज, आवश्यक उद्योग र विकास निर्माणसंग सम्बन्धित आयोजनाहरु संचालन गर्ने समेत निर्णय गरेको छ । कृषि उपज, आवश्यक उद्योग र विकास निर्माणसंग सम्बन्धित आयोजनाहरु संचालन गर्न जिल्ला समन्वय समिति मकवानपुरले मार्गदर्शन तयार गरी लागु गर्ने निर्णय भएको प्मुख खुलालले बताउनुभयो । मार्गदर्शन तयार समेत भईसकेको र बुधबार जिल्ला समन्वय बैठक बेलाईएको तथा बैठकबाट पास गरेर कार्यन्वयन गरिने समेत प्रमुख खुलालले बताउनुभएको छ ।