हेटौंडा, बैशाख २४ ।
संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशमा डा.मनोज शर्मालाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको बैठकले सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशमा डा.शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको हो ।
न्याय परिषद्ले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा सिफारिस गरेको थियो ।











