मकवानपुर,चैत्र २३ । मकवानपुर प्रहरीले अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टरसहित ५ जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो हेटौडा–१ स्थित राप्ती खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गरीरहेको अवस्थामा दुईवटा ट्याक्टरसहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा हेटौंडा–१ चौकीटोल बस्ने प्रेम बलामी मगर, मनहरी–४, नयाँबस्ती बस्ने केशव वाईबा , मनहरी–४, मसिनेका रमन प्रजा र ना ५ त ६७०० नम्बरको ट्रयाक्टर चालक हेटौडा–३ बसामाडी बस्ने सोम बहादुर लो र ना ३ त १२३१ को चालक हेटौंडा–१ चौकीटोल बस्ने धन बहादुर थिङ रहेका छन् । उनिहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखि आवश्यक अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।











