मकवानपुर, असार १९ — हेटौंडा उपमहानगर–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि बिहीबार बिहान निर्माण स्थलमै हातपात भएको घटनाप्रति एमाले हेटौंडा उपमहानगर कमिटीले कडा आपत्ति जनाएको छ।
सिग्देलले हेटौंडा क्याम्पस–हुप्राचौर सडकका कामबाट निस्केको माटोग्राभल विद्यालयको खाडलमा प्रयोग गर्न सुझाउँदा निर्माण व्यवसायी मञ्जु लामासँग विवाद बढेको र लामाले आक्रमण गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष बोलबहादुर कार्कीद्वारा जारी विज्ञप्तिले जनप्रतिनिधिमाथि दोहोरिँदो आक्रमणलाई “योजनाबद्ध अराजकता” भन्दै दोषीलाई तुरुन्त कठोर कानुनी कारबाही गर्न माग गरेको छ। एमालेले जनप्रतिनिधिलाई सुरक्षित वातावरणमा काम गर्न दिन सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ।












