मकवानपुर । मकवानपुरमा आईतबार दिउँसो वर्षासंगै आएको चट्याङ लागेर एक जनाको मृत्य भएको छ । जिल्लाको मनहरी गाउँपालिका–५, बसन्तपुरमा आईतबार दिउँसो ३ः४० बजेको समयमा चट्याङ्लागि मनहरी–५, दरदरा बस्ने अन्दाजी २८ वर्षिय अबिरल थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चट्याङ लागेर अबिरलका बुवा ५६ वर्षिय सिंह बहादुर थिङ र सानि आमाको छोरा मनहरी–५ डिल्लीपुर बस्ने हिरामान गोलेको छोरा १० वर्षिय सौगात गोले घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । आईतबार दिउँसो आफन्तको घर डिल्लीपुरबाट आफ्नो घर दरदरा तर्फ आउने क्रममा राप्तीखोलाको किनारमा चट्याङ लागेको उहाँले बताउनुभयो । घाईतेलाई प्रहरी पुग्नुभन्दा पहिलेनै स्थानियहरुले उपचारकोलागी चितवन पठाएको र मृतक घटनास्थलमानै रहेकोले साथै थप अनुसन्धानको लागी टोली खटीएर गएको उहाँले बताउनुभयो ।











