मकवानपुर । मकवानपुरका ५९ भुमिहीन सुकुम्बासीलाई जग्गा धनी पुर्जा बितरण गरिएको छ । भूमि समस्या समाधान आयोग मकवानपुरले आइतबार जिल्लाको बकैया गाउँपालिका–७ स्थित भिरकोटका भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गरिएको हो ।
आइतबार विशेष कार्यक्रममा नेपाल सरकारका भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जग्गाधनी पुर्जा बितरण गर्नु भएको हो । सो अबसरमा उहाँले ब्लक अन्तर्गतका बकैया-४ का १९ जना अव्यवस्थित बसोबासी र ४० जना भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण गर्नु भएको हो ।

पछिल्लो पटक गठित भूमि समस्या समाधान आयोगले पहिलो पटक मकवानपुरमा जग्गाधनी पूर्जा वितरण गर्ने गरेको हो । बकैया गाउँपालिकासँगको समन्वयमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण गरेको आयोगका जिल्ला अध्यक्ष बलराम बलले बताउनु भयो । उनिहरूलाइ अधिक्तम ५ कठ्ठा सम्म जग्गा उपलब्ध गराइएकाे उहाँले बताउनुभयाे ।
बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका प्रमुख सचेतक महेश बर्तौला, बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल, भूमि समस्या समाधान आयोगका अध्यक्ष हरि प्रसाद रिजाल, बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय सुकुमाया तामाङलगाएको सभागिता थियो । गाउँपालिका भित्रका अन्य भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु करीब ५ हजारकाे हाराहारिमा निवेदन परेकाे र पालिकाले प्रकृया अगाडी वढाएकाे गाउँपालिकाका फाेकल पर्सन मिलन दुलालले जानकारी दिनुभयाे ।