एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा भारतले पाकिस्तानलाई ३ सय ५७ रनकाे लक्ष्य दिएकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायाे ।
भारतका लागि विराट काेहली र केएल राहुलले शतक बनाए । काेहली १ सय २२ र राहुल १ सय ११ बलमा नटआउट रहे । तेस्राे विकेटका लागि काेहली र राहुलले १ सय ९४ बलमा २ सय ३३ रनकाे साझेदारी गरे । यसअघि शुभमन गिल ५८ र कप्तान राेहित शर्माले ५६ रन बनाएर आउट भए । बलिङतर्फ पाकिस्तानका शाहीन अफ्रिदी र शदाब खानले १/१ विकेट लिए ।
भारत र पाकिस्तानबीच आज ‘रिजर्भ डे’ मा खेल भइरहेकाे हाे । हिजाेका लागि तय भएकाे खेलमा भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १ सय ४७ रन बनाउँदा खेल वर्षाका कारण राेकिएकाे थियाे । आज खेल त्यही अवस्थाबाट शुरु भएकाे हाे । पाकिस्तानले केहीबेरमा ब्याटिङ थाल्नेछ । पाकिस्तान १ खेलमा २ अङ्कसहित ‘सुपर फाेर’ काे शीर्ष स्थानमा छ भने भारतकाे याे पहिलाे खेल हाे ।











